सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोप लगाउने सुरु, यी व्यक्तीले पाउँछन खोप 
2021/07/28, 9:23
 
dd

सुदूरपश्चिम प्रदेशमा आजदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ । प्रदेशका ३ लाख ३५ हजार २ सय नागरिकलाई खोप लगाउने कार्यक्रम सुरु भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र अनुसार प्रदेशका सबै जिल्लामा आजदेखि साउन १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने तालिका रहेको छ ।  

भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाईनेछ ।

जोनोसेन एण्ड जोनसन खोप  ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम बिष्टले सबै जिल्लामा खोप वितरण गरिसकेको  बताए । स्वास्थ्य सेवा विभागले प्रदेशका लागि १ लाख ३६ हजार ८ सय डोज जोनसोन र एक लाख ९८ हजार ४ सय डोज भेरोसेल खोप पठाएको थियो ।