सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोना खोप
2021/07/28, 6:06
 
dd

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोना विरुद्धको खोप लगाइएको छ । आजदेखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिएको भएपनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै कोरोना विरुद्धको खोप लगाएको हो ।

1

प्रदेशको सामाजिक विकास मन्त्रालयले मनत्रालयमै खोप केन्द्र बनाएर उमेर कम भएकाहरुलाई समेत खोप लगाईएको पाईएको हो । सामाजिक बिकास मन्त्रालयको कार्यालय समय बन्द भैसकेपछि मन्त्रालयको हल भित्रै खोप लगाउनेको भिड लागेको थियो । सुचनामा मन्त्रालयमा खोप केन्द्र नतोकेको भएपनि मन्त्रालय भित्रै खोप लगाउदै गरेको अवस्थामा कर्मचारीका आसेपासे भेटिएका हुन्। 

2

मन्त्रालयको हलमा ५५ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई धमाधम खोप लगाइएको हो । मन्त्रालयमा पत्रकार पुगेपछि भने खोप लगाउन खटिएका स्वास्थ्यकर्मी र खोप लगाउन पुगेका मन्त्री र कर्मचारी निकट व्यक्तिको भागाभाग भएको थियो । 

3

यो पटक ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई मात्र खोप लगाइने भनिएको थियो ।

2

यता आफ्नै कार्यकक्षमा रहेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सो बारेमा जानकारी नभएको प्रतिक्रीया दिए । मन्त्री खडकाले त्यो विषयमा आफुले जानकारी लिने बताए ।  

4