लेखराज र गौरीशंकर सांसद पद पुनर्बहालीको माग गर्दै पुगे सर्वोच्च अदालत
2021/07/28, 6:24

सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। उनीहरुले अदालतमा सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका छन्।

पूर्व नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो।

सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27