कैलालीमा आरडिटी पोजेटिभ देखिएका पुरुषको अवस्था चिन्ताजनक, सेतीको आईसियुमा भर्ना
2020/06/11, 8:12

कैलालीमा आरडिटी पोजेटिभ देखिएका एक जना पुरुषको अवस्था चिन्ताजनक भएपछि आईसियुमा भर्ना गरिएको छ । आरडिटी पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका १० का ४८ वर्षीय पुरुषको स्थिति गम्भीर वन्दै गएपछि उनलाई आईसियुमा भर्ना गरिएको हो ।

दम रोगले ग्रसित ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि आईसियुमा भर्ना गरेर उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनी स्वास्थ्यमा समस्या देखिएपछि बुधबार नै सेती अस्पताल पुगेका थिए । उनको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36