आरडिटी पोजेटिभ देखिएका थप चार जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्ड भर्ना भएका छन । कैलालीका दुई र बाजुरामा दुई जना गरी आरडिटी पोजेटिभ देखिएका चार जनालाई आईसोलेसन वार्डमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० का ४८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय पुरुषलाई बुधबार आईसोलेसन वार्डमा भर्ना गरिएको हो । यस्तै आरडिटी पोजेटिभ देखिएका बाजुराको त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष र ४९ वर्षीया महिलालाई पनि आईसोलेसन वार्डमा भर्ना गरिएको छ ।
उनीहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । तीन जनाको अवस्था समान्य भएपनि कैलालीको घोडाघोडी १० का ४८ वर्षीय पुरुषको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।