उद्योगपति अग्रवालद्धारा पिसिआर मेसिनका लागि १० लाख सहयोग
2020/06/11, 1:07
 
korona

धनगढीका उद्योगपति ओमप्रकाश अग्रवालले पिसिआर मेसिनका लागि १० लाख सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसनले मेसिन खरिदका लागि जारी गरेको अभियानमा अग्रवालले सहयोग गरेका हुन् ।

ह्युमानिटी फाउण्डेसनलाई पिपिआर मेसिन खरिदका लागि देश विदेशबाट पनि सहयोग हुदैछ । हालसम्म अमेरिाका सव्दै आएका सुदुरपश्चिमवासीहरुले ७ हजारभन्दा वढी अमेरिकी डलर सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसनले एक व्यक्ती दुई किट अभियान सञ्चालन गरिरहेको छ ।

1

डडेल्धुरामा स्थापना गर्ने प्रयोगशाला र पिसीआर मेसिनका लागि स्थानीयस्तरदेखि देश विदेशमा पनि अभियान सञ्चालन गरिरहेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए ।