
दिदिवहिनी महिला समुह यूकेले कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरुलाई एक हप्तासम्म खाना खुवाउने भएको छ । भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरुले लकडाउनका कारण भोकभोकै आएपछि सीमामा निशुल्क खाना खुवाउद्यै आएको रोयल कोलाब्रोटिम्भस मार्फत एक हप्तासम्म खाना खुवाईने भएको हो ।
दिदी वहिनी महिला समुह यूकेले पहिलो चरणमा एक लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डाक्टर रण बहादुर रावलको पहलमा खाना खुवाउने काम सुरु भएको छ ।

डाक्टर रावलले दिदिवहिनी महिला समुह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदि वहिनीहरुले पठाएको पैसामा करिब ८ हजार नेपाली नागरिकलाई खाना खुवाउन सकिने बताए । खाना खुवाउने सहयोग सुरुवातदेखि लागिरहेको रोयल कोलाब्रोरेटिभ्सका युवाहरुले गर्नेछन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36