दार्चुला तुइन प्रकरण: प्रधानमन्त्रीलाई चार कम्युनिष्ट पार्टीको ज्ञापन पत्र
2021/08/07, 4:18
 
dd

दार्चुला तुइन प्रकरणको विरोध गर्दै चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (क्रा.मा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि राम कट्टेलको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टीले शनिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

विज्ञप्तिमा साउन १५ गते महाकाली नदिको तुइन भारतीय सीमा सुरक्षा बलले खोलिदिएर जयसिंह महराको मृत्यु भएको ९ दिन बितेको बताउँदै यो घटना मैमत्तापूर्ण, हस्तक्षेपकारी, अमानवीय र स्वाधीन नेपाल राष्ट्र र सार्वभौम नेपाली जनताको विरुद्धमा भएको उल्लेख गरेका छन्। सो घटना राजनीतिक र मानवअधिकारका विरुद्धको जंगली, आततायी, षड्यन्त्रमुलक भएको उनीहरुको भनाइ छ। 

'विगत २९ वर्षदेखि तुइन संचालन गर्दै आएका प्रत्यक्षदर्शी कल्याणसिँह धामी, बेपत्ता जयसिँह धामीसँगै गएका, तुइन तर्न पालो पर्खी राखेका स्थानीय विक्रम रंकोली र अमिता धामीका अनुसार एसएसबीले नियोजित रुपमा तुइनको लठ्ठा खोलिदिएको प्रमाणित हुन्छु, विज्ञप्तिमा उल्लेख छ, 'डेढ हप्ता बित्दा पनि जयसिँह धामीको अवस्था अज्ञात हुनु नेपाल र नेपाली जनताको निम्ति निकै सरोकारमुलक, चिन्ताजनक र असह्य विषय हो।'  उनीहरूले नेपाल सरकारले छिटो घटनाको छानवीन गरी अपराधमा संलग्न एसएसबीलाई हदैसम्मको कारवाही गर्न भारतीय नरेन्द्र मोदी सरकारसँग अनुरोध गर्न अपिल गरेका छन्।