
लगातारको वर्षाका कारण अछामको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ। गाउँको तल र माथिबाट पहिरो खसेपछि गाउँमा बसोबास गर्नेहरू त्रसित बनेका थिए।

पहिरोले पुरै बस्ती नै भाँसिएपछि २३ परिवारलाई भट्टेडाडा आधारभूत विद्यालयमा सारिएको वडा अध्यक्ष रमेशबहादुर खड्काले जानकारी दिए। १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घर उच्च जोखिममा परेको स्थानीयले बताएका छन्।
गाउँको तल र माथिबाट अहिले पनि लेदोसहितको माटो बगिरहेको बताइएको छ। पहिरो पीडितको व्यवस्थापन गर्न शस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि लागिरहेका छन्। यस्तै प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति अध्यक्ष रुद्रबहादुर मल्लले भालि आइतबार सरानीमा स्थलगत अनुगमन गर्ने बताएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/11, 6:37
2020/07/06, 7:35
2020/11/19, 11:17