बाजुरामा कोरोनाले मृत्यु भएकी वालिका वसेकै क्वारेन्टिनमा १७ जना कोरोना संक्रमित भेटिए
2020/06/11, 5:17

बाजुरामा एकै दिन १८ जना कोरोना संक्रमित भेटिएका छन् । बुढीगंगा नगरपालिकामा एकै दिन १७ जना कोरोना संक्रमित भेटिएका छन । धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बुढिगंगा नगरपालिकाका १७ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबै भारतबाट फर्किएर एउटै क्वारेन्टिनमा बसिरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो।
३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनीहरु सबै भारतबाट फर्किएका थिए । सोही क्वारेन्टिनमा वसेकी एक वालिकाको कोरोनाले मृत्यु भईसकेको छ भने उनकी आमा उपचारत छिन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/03/27, 12:05