रोयल कोलाब्रोटिभले ५८ हजार प्लेट खाना खुवायो 
2020/06/11, 6:26
 
korona

कैलालीको त्रिनगर नाकामा रोयल कोलाब्रोटिभले ५८ हजार प्लेट खाना खुवाएको छ । भारतबाट नेपाली भित्र्रिने क्रम सुरु भएसँगै ५८ हजार प्लेट खाना खुवाईएको हो । जेठ ९ गतेदेखि हालसम्म निरन्तर खाना खुवाईरहेको खाना खुवाईरहेको रोयल कोलाब्रोटिभका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए । निरन्तर २१ दिनदेखि खाना पानी अभियान सञ्चालन गरेर युवाहरुको टीमले खाना खुवाईरहेको छ । उनीहरुले खाना खुवाउन सुरु गरेको केही दिनपछिबाट दैनिक रुपमा निशुल्क फोन सेवा समेत उपलब्ध गराउँदै आएका छन् ।  

खाना खुवाउने अभियानमा युवाहरुको समुह निरन्तर स्वयमसेवकको रुपमा खटिरहेका छन् । रोयल कोलाब्रोटिभको खाना खुवाउने अभियानमा अध्यक्ष शाही सहित देवेन्द्र जोशी, रचित शाह, ईन्द्र विनाडी, दिनेश शाहले निरन्तर खाना खुवाईरहेका छन् ।  खाना खुवाउन उनीहरुको समुह निरन्तर खटिरहँदा उनीहरुलाई विभिन्न व्यक्ती संघ संस्थाले सहयोग गर्दै आएका छन् । उनीहरुले सहयोग स्वरुप नगद रकम भने लिदैनन् ।

खाना खुवाउन आवश्यक पर्ने खाद्यान्न लगायतका सामाग्रीहरु मात्रै लिन्छन् । निसर्ग हस्पिटल र हस्पिटलका अध्यक्ष तिर्थ पन्त्को सहयोगमा सुरु भएको खाना खुवाउने अभियानसँग विभिन्न संघ संस्था र व्यक्तीहरु जोडिदै सहयोग गर्दै आएका छन् । देश विदेशबाट पनि उनीहरुलाई खाना खुवाउन सहयोग भईरहेको छ । तर सरकारीस्तरबाट भने उनीहरुले कुनै सहयोग पाईरहेका छैनन् । 

रोयल कोलाब्रोटिभलाई हालसम्म सन् २०१५ की सिएनएन हिरो म्यागी डोयल, रुडुक कैलाली, तिर्थ पन्त निसर्ग हस्पिटल, डाक्टर नितेशकुमार कनौडिया नेपालगंज मेडिकल कलेज र फिल द वकेट, दिदी वहिनी महिला समुह युके, टेक वोगटी, अनिल भुजानिया लगयातले खाद्यान्न सहयोग गर्दै आएका छन् । यो अभियान भारतबाट नेपालीहरु आउने क्रम नरोकिएसँग जारी नै रहन्छ ।