कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचाकार लागि धनगढी ल्याइएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा घाइते भएका तीन जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको हो।
दुर्घटनामा जोरायल गाउँपालिका वडा नम्बर १ का जीप चालक रमेश खड्का, सोही ठाउँकी २८ वर्षीया निर्मला खड्का र चुरे गाउँपालिका वडा नम्बर ६ का सुशिल साउद घाइते भएका थिए। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो।
कैलालीको चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको थियो। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप खसेर दुर्घटना भएको थियो। जीप झण्डै तीन सय मिटर तल खसेको थियो ।