धनगढीमा आजदेखि कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु
2021/08/12, 10:57
 
aa

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा साउन २८ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड) को दोस्रो डोज लगाउन सुरु भएको छ । धनगढी उपमहानगरपालिकाले कोभिशिल्डको पहिलो डोज लगाएकालाई आज र भोली दोश्रो डोज लगाइने जनाएको छ ।

१६ वटा खोप केन्द्र मार्फत कोभिशिल्डको दोस्रो डोज लगाइने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरको वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने अधिकृत नारायण शर्माले बताए ।गत वर्ष (०७७ फागुन २३ गतेदेखि २८ गते) सम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइने शर्माले बताए ।

उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायले उपमहानगरमा २१ हजारले कोभिशिल्डको पहिलो डोज लगाएको बताए । ११ हजार ८ सय ८४ जनाले दोश्रो डोज लगाउँने तथ्यांकले देखाएको छ उपाध्यायले भने, ‘सोमध्ये अरुले यताउता लगाइसकेका छन् । हामीले अब ८ हजार बाँकी होलान् भन्ने विश्लेषण छ ।