
धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २३ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । बिहिबार अस्पतालको प्रयोगशालामा ९७ जनाको नमूना परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना बिरामी भर्ना भएका छन् भने निको भएर डिस्चार्ज हुनेको संख्या २ रहेको छ ।
हाल अस्पतालमा २८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा उपचार भईरहेको छ।

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43