नेपाली काँग्रेसका युवा नेता केशव मिश्रले जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । युवा नेता मिश्रले काँग्रेसको जिल्ला सचिवमा आफ्नो दावी रहेको भन्दै आफुलाई सहयो गर्न पनि आग्रह काग्रेंस नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका विभिन्न वडा कार्यकर्ता भेला भईरहेका बेला मिश्रले आफ्नै वडा नम्बर ५ को कार्यक्रममा सम्बोधन गर्दै मिश्रले नेपाली काँग्रेस कैलालीको पार्टी सचिवका लागि आफ्नो पुरानो उम्मेदवारीलाई निरन्तरता दिने बताएका हुन । आफ्नै वडाको कार्यकर्ता भेलाको सम्बोधनमा आफुलाई पार्टी सचिव घोषणा गर्नुलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
‘तपाईको वडाको काँग्रेस कार्यकर्ता जिल्ला सचिवको उम्मेदवारमा खडा भएको छ । सबैले साथ दिनुस् ।’ उनले भने–‘‘मैले पार्टी संगठनका लागि लागेको छु । विगतमा पार्टीभित्र गुट उप–गुट मिलाउन मैले उम्मेदवारी फिर्ता लिनुपर्यो । यस पटक उम्मेदवारी दिनेछु ।’ विद्यालयदेखि नै नेपाल विद्यार्थी संघमा राजनिति गर्दै आएका नेता मिश्र २०६९ सालमा नेवि संघका केन्द्रीय सदस्यमा मनोनित भएका थिए । नेपाली काँग्रेसको १२ औं महाअधिवेशनमा नगर सचिवमा जितेका थिए ।
मिश्र लामो समयदेखि राजनितिमा सक्रिय छन् । उनी २०५४ सालमा नेपाल विद्यार्थी संघ रघुनाथ उच्च माविको ईकाई अध्यक्ष, २०५६ सालमा सुदुरपश्चिमाञ्चल एकेडेमीको ईकाई अध्यक्ष, २०६१ सालमा सुदुरपश्चिमाञ्चल क्याम्पसको ईकाई अध्यक्ष बनेका थिए । विद्यार्थी उमेरदेखि राजनितीमा होमिएका मिश्र २०६५ सालदेखि २०६९ सालसम्म नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुदैं हाल नेपाली काग्रेंसको जिल्ला कार्य समिति सदस्य रहेका छन् ।
१३ औं महाअधिवेशनमा मिश्र जिल्ला सचिवमा नरनारायण शाह ‘मनु’ को टिमबाट जिल्ला सचिवमा उम्मेदवारी दिएका थिए । तत्कालीन सासंद पुष्करनाथ ओझाको गुट मिलाउन उनले उम्मेदवारी छाड्नु परेको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको विश्वासिलो पात्रका रुपमा रहेका नेता मिश्रले १४ औं महाअधिवेशनमा सचिवको उम्मेदवारीमा दाबी गरेका हुन् ।
कैलाली क्षेत्र नम्बर ५ नेपाली काँग्रसकी प्रभावशाली महिला नेतृ डा.आरजु राणा देउवाको निर्वाचन क्षेत्र भएकोले पनि कैलालीमा कसलाई कुन पदमा उम्मेदवार बनाउने भन्ने बिषयमा राणाको महत्वपुर्ण भुमिका रहदैं आएको छ ।