कैलालको अत्तरिया आसापासका सामुदायिक बनमा बनेका पक्की संरचनाहरु अझै हटाइएको छैन् । कोरोना दोस्रो लहर तिब्र गतिमा बढ्दै जादाँ जिल्लामा जारी गरिएको निषेधाज्ञाको मौका छोपेर गोदावरी नगरपालिका वडा नं २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक बनको वनको जग्गा अतिक्रमण गर्दै बनाइएका पक्की संरचनाहरु हटाउनमा सम्बन्धित निकाय उदासिन रहेको हो ।
बनको जग्गा अतिक्रमण गरी बिभिन्न संघसंस्थाहले संस्थागत रुपमा पक्की संरचना बनाएपनि त्यो अहिले सम्म नहटाइएको पाइएको छ बनको जग्गा अतिक्रमण गरी पक्की संरचना बनाइएपछि सामुदायिक बन उपभोक्ता समितिले ५ दिनको सुचना टास गरेर हटाउन आग्रह गरे पनि पक्की संरचना भने हटाएको छैन । सालघारी नामले परिचित उक्त वन कहिले धार्मीक क्षेत्रका नाममा त कहिले स्कूल , कलेज , कहिले निजि संघसंस्थाका नाममा अतिक्रमण हुदै विस्तारै सखाप हुदाँ पनि यस तर्फ कसैको ध्यान गएको छैन ।
अत्तरियाका स्थानिय युवा प्रकाश शाहीले यस बिभिन्न जाती , धर्म , संस्कृत संग जोडेर संरचना बन्दै जादाँ एक दिन यहाँको जंगल मरभूमिमा परिणत हुने बताए । उनले दुर्गालक्ष्मी सामुदायि बन भित्र पावर र पहुचका आधारमा बनेका सबै संरचनाहरु हटाइनुपर्ने माग गरे । बन दिनप्रतिदिन सखाप हुदै गैरहेको छ त यस तर्फ कसैले चासो राखेका छैनन किन बनको जग्गा बिभिन्न समाज , धर्मका नाममा दिनुपञ्र्यो , अर्को अहिले जति पनि निजि नाफ मुलक संघ संस्थाका भवनहरु बनेका छन् यी सबै हटाउनुपर्छ उनले भने यदी हटाउन सकिएन भने सबैलाई सामुदायिक बनले जग्गा बाढ्नुपञ्र्यो ।
उनले समाजलाई प्रत्यक्ष रुपमा आवश्यक पर्ने संरचनाहरु बाहेक उक्त सामुदायिक बनको जग्गामा आज सम्म समाजमा कुनै लगानी नभएका जे जति नाफामुलक संघसंस्थाहरु बनेका छन् ति सबैलाई हटाउनपर्ने आवाज उठाएका छन् । उनले एक पछि अर्को गर्दै सबैले आ आफ्ना निजि देखी लिएर संस्थाको नाममा वनको जग्गा धमाधम अतिक्रमण गर्दै संरचना बनाउदै जाने भएकाले यसमा सम्बन्धित निकायको बिषेश ध्यान जानुपर्ने बताएका छन् ।
दुर्गालक्ष्मी महिला सामुदायिक बनकी अध्यक्ष दुर्गादेवी कडायतले आफुले उक्त सरचना हटाउनका सम्बन्धित पक्षलाई पटक पटक आग्रह गर्दा पनि नहटाइएको बताइन् । उनले पक्की संरचना बनिरहेको खबर पाएपछि उक्त काम आफुहरुले नै रोकेको बताइन् । यद्धपी उक्त संरचना हटाउनका लागि अत्तरियाको सब डिभिजन र डिभिजन बन कार्यालय कैलालीले सहयोग नगरेको बताइन् । हामीले यस बिषयमा अत्तरियाको बन र जिल्ला बन कार्यालयलाई एक पटक होइन २÷२ पटक लिखित रुपमा जानकारी गराएपनि कुनै वास्ता नगरेको उनको आरोप छ ।
उता डिभिजन बन कार्यालय कैलालीले भने यसमा सबैभन्दा बढी जवाफदेही र जिम्मेवारी सामुदायिक बन नै हुनुपर्ने बताएको छ । डिभिजन बन कैलालीका वन अधिकृत रामचन्द्र कडेलले वनमा बनेको संरचना हटाउन भन्दा पनि संरचना नै बन्न नदिनका लागि सामुदायिक बनका पदाधिकारीहरुले जोड दिनुपर्ने बताए ।
उनले आफुहरुले ब्याक सपोर्ट मात्रै गर्ने भएकाले स्थानिय स्तरमा भैरहेको अतिक्रमणलाई रोक्नु र बनलाई जोगाउन सामुदायिक बनवाटै काम हुनुपर्ने बताए । आफु बिरामी हुदाँ पनि बिचमा केही नसकेको र अब छिट्टै उक्त संरचनाहरुलाई भत्काइने उनको भनाई छ । "ति संरचनाहरु यही दिन हटाउछौ भनेर म मिति तोक्न सक्दिैन किन कि यसका लागि स्रोत साधन चाहिन्छ सुरक्षा र स्थानियहरुको साथ र सहयोग चाहिन्छ , त्यसैले अब जिल्ला प्रशासनसंगको सहयोगमा ति बनमा बनेका संरचनाहरु चाडै हटाउछौ । "