कैलालीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
2021/08/15, 10:01
 
aa

कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। निर्माणाधिन घरको छतबाट खसेर जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरकी ३७ वर्षीय बसन्तीदेवी जैसीको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गोदावरी नगरपालिका–१ बनखेतस्थित गीता बिष्टको निर्माणाधिन घरमा काम गर्दै गर्दा छतबाट खसेर जैसी गम्भीर घाइते भएपछि अत्तरियास्थित पद्मा अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यस्तै, कैलालीको लम्कीचुहा ६ मा भएको स्कुटर दुर्घटनामा सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको लम्कीचुहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

शनिबार राती साढे १० बजेतिर सुपप्र ००१–००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएपछि उनी गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।