कैलाली-कञ्चनपुरमा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिदैछ। जिल्लामा कोरोना रोकथामका लागि दुवै प्रशासनले साउन ३२ गते सम्म निषेधाज्ञा जारी गरेका थिए ।
सो अवधिमा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शक सहितका खेलकुद बाहेक अन्य व्यापार व्यवसायहरु बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुदै आएका छन् ।
यस्तै सार्वजनिक सवारी साधन र नीजि सवारी साधन यथावत रुपमा सञ्चालन भईरहेका छन् । अब मंगलबार अर्थात भदौ १ गते देखि निषेधाज्ञालाई निरन्तरता दिने या नदिने भन्ने बिषयमा आज दुवै जिल्लाका प्रशासनको बैठक बस्ने जनाएको छ ।
दिउँसो बस्ने जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट थप निर्णय हुने दुवै जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छन् । दुवै जिल्लामा कोरोना संक्रमणदर अझै घट्न भने सकेको छैन् । जसका कारण दुवै जिल्लामा फेरि निषेधाज्ञालाई निरन्तरता दिने दुवै प्रशासनको तयारी रहेको जनाएको छ ।