
डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार साँझ घरआँगनमा खेलिरहेको समयमा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
सर्पको डसाइबाट गम्भीर भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा गर्मी सिजन कायमै रहेका कारण सर्पदंशका बिरामी बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34