दार्चुला घटना: १६ दिनसम्म बनेन छानबिन टोलीको प्रतिवेदन
2021/08/16, 2:14
 
aa

भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली गठन गर्दै १० दिनको समय दिएका थिए । घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीले समय अभाव भएको भन्दै समितिले थप ७ दिन म्याद दिन आग्रह गर्यो । ‘त्यहीअनुसार थप ७ दिनको म्याद समितिलाई दिइएको छ’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।

थपिएको समय मंगलबारबाट सकिँदै छ । समितिका संयोजक गौतम भन्छन्, ‘प्रतिवेदनको विषयमा छलफल भइरहेको छ, भोलि बुझाउन नसकिए म्याद थपका लागि आग्रह गर्छौं ।’ अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताए ।