कुलमानकाे नियुक्तिविरुद्ध सर्वोच्च पुगे हितेन्द्र, कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग
2021/08/16, 5:35

उर्जा आयोगमा सरुवा भएका हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले हितेन्द्रलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उनले कार्यकारी निर्देशक कुलमानको नियुक्ति बदर गर्न र उक्त स्थानमा आफूलाई थमौती गर्न माग गर्दै रिट दायर गरेका छन् ।
पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनको दावी छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/05, 4:03
2022/01/19, 4:36
2023/03/01, 10:23
2020/09/26, 4:27