मास्क नलगाउनेलाई कारबाही गर्नै कैलाली प्रशासनले जनाएको छ । जिल्लामा एकतिर कोरोनाको तेस्रो लहरको सम्भावना रहेको र अर्कोतिर मास्क नलगाई हिँडडुल गर्ने प्रवृत्ति बढेको पाईएकाले सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको हो ।
प्रशासनले आज एक जारी गर्दै सबैले स्वास्थ्य मापदण्ड अपनाउन भनेको हो । मास्क नलाई हिडेको पाईएमा जरीवाना गर्ने प्रावभानलाई थप कडाईका साथ लागू गरिने समेत जनाएको छ ।
जिल्लामा अझै पनि कोरोनाको संक्रमण जारी रहेकाले जिल्लामा जारी निषेधाज्ञालाई भदौ १० गते सम्म निरन्तरता दिएको सुचनामा उल्लेख गरेको छ । ]
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2021/05/02, 11:30
2020/12/09, 12:02
2022/08/13, 5:32