सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले गौरिफण्टा नाका स्थित निर्माण गरिएको होल्डिङ सेन्टरलाई थप व्यवस्थित बनाउन निर्देशन दिएका छन् । गौरिफण्टा नाकामा भारतबाट आउने नेपालीका लागि निर्माण गरिएको होल्डिङ सेनटर र स्वास्थ्य परिक्षण केन्द्रको निरिक्षण गर्दै मन्त्री खड्काले सवै नागरिकको सहजरुपमा अनिवार्य स्वास्थ्य परिक्षण हुने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिए ।
उनले भारतमा कोरोनाको तेश्रो लहर फैलन सक्ने र त्यहाँ रहेका नेपाली फेरी नेपाल फर्कन सक्ने भन्दै त्यसका लागि पूर्व तयारीमा जोड दिए । भारतबाट आउने नागरिकको स्वास्थय परिक्षणकालागि दोहोरो होल्डिङ सेन्टरको व्यवस्था गरिने बताउँदै मन्त्री खड्काले स्वास्थय परिक्षण विना कसैलाई पनि नेपाल भित्रिन नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य परिक्षणको नतिजा नआउन सम्म नाकामै बस्नका लागि प्रतिक्षालय निर्माण गरिने मन्त्री खड्काले बताए । ‘स्वास्थ्य रिपोर्ट आएपछि कोरोना पोजेटिभ देखिएका नागरिकलाई धनगढी–३ स्थित होल्डिङ सेन्टरमा राखिने छ’ मन्त्री खड्काले भने–‘संक्रमितको संख्या बढी भए निर्माणधिन प्रदेश आयुवेदिक अस्पतालको भवन र गेटाको आइसोलेसन कक्षमा राख्न सकिनेछ ।’ मन्त्री खड्काले स्वास्थ्यमा समस्या देखिएका नागरिकलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना कक्षामा राखिने बताए ।
उनले भारतबाट आउने नागरिकलाई सहजै आ–आफ्नो स्थानमा जाने गरी सफ्टवेयर निर्माणको निर्माण गरिएको बताए । उनका अनुसार भारतबाट आउने नेपालीको गौरिफण्टा नाकामा तथ्याङ्क संकलन गर्दै कम्प्युटरमा इन्ट्रि गरिने छ । कम्प्युटरमा राखिएको तथ्याङ्क प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालय र पालिकाले समेत हुर्ने सक्नेछन् र सोही तथ्याङ्कका आधारमा सवै पालिकाले आफ्ना नागरिकको जिम्मेवारी लग्नुपर्नेछ ।
‘भारतबाट आउने नेपालीको सवै विवरण खुल्नेगरी नाकामा तथ्याङ्क संकलन गर्दै कम्प्युटरको सफ्टव्ययरमा राखिनेछ’ मन्त्री खड्काले भने–‘कम्प्युटरमा राखिने सो प्रणालीले कुन पालिकाको नागरिकहो भन्ने प्रष्ट देखाउनेछ, सो तथ्याङ्कका आधारमा पालिकाले आफ्ना नागरिकको जिम्मेवारी लग्नेछन् ।’
गौरिफण्टा नाकाको व्यवस्थापन धनगढी उप–महानगरपालिका र कञ्चनपुरको पनर्वास नगरपालिकाले गर्ने सहमति भएको उनले बताए । नाका व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक समन्वय गर्ने मन्त्री खड्काले बताए । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले पुनर्वास नगरपालिका र धनगढीले गौरिफण्टा नाकाको व्यवस्थापन गर्ने सहमति भएको बताए । उनले दुवै स्थानीय तहको समन्वयमा नाकाबाट आउने नागरिकको व्यवस्थापन, बस्ने व्यवस्था मिलाईने बताए । ‘त्यसका लागि आवश्यक पर्ने बजेटका लागि प्रदेश र संघ संग अनुरोध गरिएको छ’ मेयर वडले भने–‘अव पहिला जस्तो नाकामा कसैलाई पनि समस्या हुन दिइने छैन ।’
पनुर्वास नगरपालिकाका मेयर जीवनराज थापाले पनि भारतबाट आउने नेपालीलाई नाकामा समस्या नहुनेथरी काम गरिने बताए । ‘यस अघि केही समस्याका कारण नाका अव्वस्थित बनेकोथियो’ मेयर थापाले भने–‘अव ती समझदारी हटेका छन्, सवै मिलेर नाकामा आउने समस्या समाधान गरिनेछ ।’
कैलालीका प्रमुख जिल्लाअधिकारी खगेन्द्रप्रसाद रिजालले नाकामा मानिकासे भिडभाड हुन नदिने थप सुरक्षाकर्मी परिचालन पर्नुपर्ने बताए । उनले कैलाली कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी विच छलफल गरेर सीमा नाकामा थप सुरक्षाकर्मी परिचालन गरिने बताएका थिए ।