
बाजुराका ४ वटा मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ।

जिल्लाका इकडी गाड, कोल्टी विमानस्थल, जुड्डी र धुलाचौर नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो। गत बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार मुख्य ४ नाकामा हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।
यस्तै जिल्लामा बिहान ६ बजेबाट साँझ ७ बजेसम्म मात्रै सवारी साधन सञ्चालन गर्न पाइने, कुनैपनि सभा, सम्मेलन, प्रतियोगिता, मेला, उत्सव आयोजना गरी भेला गर्न नपाइने, होटल व्यवसायहरु राति ८ बजेसम्म सञ्चालन गर्न पाइने बताइएको छ। विद्यालयका हकमा भने कोरोना भाइरसको संक्रमण नियन्त्रणको अवस्थामा रहेसम्म स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालन गरी सञ्चालन गर्न सकिने जनाइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27