सुदूरपश्चिममा सरकार परिवर्तनबारे छलफल सुरु, दशैअघि नै नेतृत्व फेरबदलको तयारी
2021/08/19, 10:32
 
dd

नेकपा एमाले बिभाजनसंगै सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने छलफल शुरु भएको छ। माओवादी केन्द्र र नेपाली काँग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने यस अघि नै सहमती भईसकेको अवस्थामा सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भईसकेको थियो ।

अब बन्ने सरकारमा काँग्रैस, माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुने छ । अर्थात बन्ने सरकारमा नेकपा एमाले बाहेक सबै दलहरु सहभागी हुने छन् । जसमा दुई जना सांसदले समेत आफूहरु आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरु पनि सत्ता साभेदार हुने छन् ।

सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सरकार गठनका लागि छलफल भईरहेको बताए । 'हामी केन्द्रको निर्णयको पर्खाईमा छौ',रावलले भने,'संभवत दशै अघि नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।'

हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । केन्द्रको सहमती अनुसार उनले मुख्यमन्त्री पद छोडेनेछन् ।  सुदूरपश्चिममा नेकपा एमाले बिभाजन नभएको अवस्थामा पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए । माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ ।