माधव नेपालको साथ छोड्नेले सुदूरपश्चिममा मन्त्री पद गुमाउने
2021/08/19, 10:39
 
dd

माधव नेपालको साथ छोड्ने सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुले पद गुमाउने भएका छन् । हाल सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र र माधव नेपाल समूहका सांसदहरु मात्र मन्त्री छन् ।

तर अब भने माधव नेपालको साथ छोड्नेहरुले मन्त्री पद गुमाउने छन् । माधव नेपालको साथ छोडेर भीम रावलसंगै नेकपा एमालेमा जाने भएपछि नेकपा एमाले संसदीय दलका नेता आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाह सहितका मन्त्रीहरुको पद धरापमा परेको हो ।

अब सुदूरपश्चिममा नेकपा ओली पक्षधर रहितको सरकार बन्ने निश्चित भएको छ ।