कैलाली–कञ्चनपुरसंग जोडिएको गौरीफन्टा नाकामा फेरि एक जनाको मृत्यु भएको छ । भारतको वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर २ रौतेली बिचुवाका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो ।
बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसंग उभिएर कुरा गरिरहेकै बेला एक्कासी बेहोस् भनेर ढलेपछि उनको मृत्यु भएको कञ्चनपुरको परासन प्रहरी चौकीका हवल्दार परमानन्द जोशीले जानकारी दिए ।
नाकामै ढलेर बेहोस् रानालाई सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि चिक्सिकले मृत घोषणा गरेको प्रहरी हवल्दार जोशीले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ भने घटनाबारे आफन्तलाई खबर गरिएको उनले बताए ।
गौरीफन्टा नाकामा गत मंगलबार मात्रै भारतबाट आएका कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका ५२ वर्षीय खडकबहादुर शाहको मृत्यु भएको थियो ।