
दार्चुलाका ३८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ। २०६८ सालको जनगणनाअनुसार दार्चुलाका २४ हजार ६१८ घरधुरीमध्ये ९ हजार ३२० घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको हो।

जिल्लाका दुई नगरपालिका तथा पाँच वटा गाउँपालिकाका विभिन्न स्थानमा विद्युतीकरण गरिएको र चालू आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा विद्युतीकरण गरिसक्ने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ।
दार्चुलाको नौगाड र अपिहिमाल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्न बाँकी छ भने लाइन जोडिएका सबै ठाउँमा विद्युत राम्रोसँग पुग्न नसकेको बताइएको छ।

सन् २०२२ सम्ममा नेपालको सम्पूर्ण भूभागमा विद्युत पु¥याउने लक्ष्य लिएको नेपाल सरकारले १ वर्षभित्र दार्चुलामा पनि विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ।
2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 5:44
2020/10/19, 2:27
2021/04/20, 12:43
2021/11/03, 6:55
2022/10/11, 1:05