
पाटन नगरपालिका–१० का ६ घर पहिरोको जोखिममा छन् भने तीन परिवार विस्थापित भएका छन्। बुधबार रातीको वर्षाले ठाँउठाँउमा पहिरो गएपछि ६ वटा घरहरु जोखिममा रहेको वडा कार्यालयले जनाएको छ।

बाडीखाना टोलका हरी सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगन बहादुर चन्द, बल्देव लुहार र डुब्के टोलका इन्द्रबहादुर कुवँरको घर पहिरोको जोखिममा रहेको वडा अध्यक्ष देबेन्द्र कुवँरले जानकारी दिए।
पहिरोको जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार बिस्तापित भएका छन्। उनीहरु अहिले छिमेकीको घरमा बसिरहेको अध्यक्ष कुवँरले बताए।

लगातारको बर्षाले वडाका अन्य ठाउँका खेतबारीमा समेत क्षति पुर्याएको छ। जोखिममा रहेका परिवार र विस्थापित परिवारको व्यवस्थापनको लागि पहल भइरहेको वडा कार्यालयले जनाएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34