
सत्तारुढ नेपाली काँग्रेसका सुदूरपश्चिमका जनप्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद नेतृत्वको टोलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमका विकासका सन्दर्भमा ज्ञापनपत्र बुझाएको हो ।

डडेल्धुरा स्वास्थ विज्ञान प्रतिष्ठान, मेडिकल कलेज स्थापना, पश्चिम सेती जलविद्युत आयोजनाको कार्य प्रारम्भ, धनगढी एयरपोर्टको स्तरउन्नती र भीमदत्त राजमार्ग, केआइ सिंह राजमार्गको स्तरउन्नतीका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
साउद नेतृत्वको टोलीले डडेलधुरादेखि गोठालापानी सडक, खोड्पेदेखि चैनपुर सडक महामाली राजमार्गको सत्बाझदेखि दार्चुला खलंगा सडक र सिलगढीदेखि अछाम मंगलसेन सडकको स्तरउन्नतीमा माग प्रधानमन्त्रीसँग छ ।
