
बैतडीको पाटनमा पहिरोले दुई घर बगाएको छ । पाटन नगरपालिकाको वडा नम्बर १० मा बिहिवार रातिको बर्षासंगै गएको पहिरोले २ घर बगाएको वडा अध्यक्ष देबेन्द्र कुँवर जानकारी दिए ।

पहिरोले स्थानिय हर्क बहादुर कुँवर र हिक्मत कुवरको घर बगाएको छ । पहिरोले घरसंगै गोठमा रहेका पशुचौपाय, घर भित्र रहेका खाद्यन्न समान र अन्य समान समेत पुरेको छ । पिडित हर्क बहादुर कुवँरका ३ वटा भैंसी, एउटा गाई, एक दर्जन बढी कुखुरा, लत्ता कपडा र खाद्यन्न समान पहिरोले पुरिदिएको छ ।
२ लाख नगद र २ तोला सुन समेत पहिरोमै पुरिएको पिडित कुवँरले बताए । अर्का पिडित हिक्मत कुवँरका पनी एउटा गाई, आधा दर्जन बाखा्र, दर्जन बढी कुखुरा सहित अन्य खाद्यन्न समान पहिराले पुरेको छ । पहिरोका कारण मानविय क्षति भने भएको छैन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34