कैलालीका एक कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
2021/08/21, 10:43
 
corona

कैलालीका एक कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलालीका एक जनाको मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । कैलालीका ६९ वर्षीय पुरुषलाई भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरिएको थियो । उनलाई सोही दिन भेरीमा भर्ना गरिएको थियो । उनको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।