
कञ्चनपुरमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या घटिरहेको पाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४५ जना, २०७६/०७७ मा ३२ जना र २०७७/०७८ मा सवारी दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन्। यसरी हेर्दा आर्थिक वर्ष २०७५/०७६ देखि गत आर्थिक वर्ष सम्ममा १२ जना कमले ज्यान गुमाएका छन्। यस अवधिमा मृत्यु हुनेको संख्या घटेको भएपनि दुर्घटना र गम्भीर घाइते हुनेको संख्या भने बढेको छ।
दुर्घटनामा गत वर्ष ८७ जना, अघिल्लो वर्ष २२ जना र ०७५/०७६ मा ८ जना गम्भीर घाइते तथ्यांकमा उल्लेख छ। त्यस्तै समान्य घाइते हुनेको संख्या आर्थिक वर्ष ०७५/०७६ मा १४, ०७६/०७७ मा ११ र ०७७/०७८ मा ६० जना रहेको छ। त्यस्तै सवारी दुर्घटना गत वर्ष ९७, अघिल्लो वर्ष ५४ र तीन वर्षअघि ६८ वटा भएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34