मुख्यमन्त्री भट्टद्धारा नियम विपरीत काठमाडौंमा सम्पर्क कार्यालय स्थापना, करिव ७ लाख बजेट स्वाहा !
2021/08/21, 8:27
 
corona

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको भित्री कुरा बाहिएको छ। विकास निर्माणमा खासै ध्यान नदिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले नियम विपरीत काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर करिब ७ लाख बजेट स्वाहा गरेको पाईएको हो। महालेखा परीक्षकको बार्षिक प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर बजेट दुरुपयोग गरिएको छ।

काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्नु कानूनी व्यवस्था र नीतिगत निर्णय विपरीत रहेको प्रतिवेदनमा उल्लेख छ। काठमाडौंमा कार्यालय स्थापना गर्नुको औचित्यसमेत प्रष्ट नभएको प्रतिवेदनमा उल्लेख छ। प्रदेश सरकार र संघीय सरकार बिच समन्वय गर्न प्रदेश प्रमुखको व्यवस्था गरिएको भए पनि सरकारले त्यसविपरीत सम्पर्क कार्यालय स्थापना गरेको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौंमा कार्यालय स्थापना गरेर प्रदेश सरकारले टेलिभिजन, कम्प्युटर, फर्निचर खरीद र कार्यालय मर्मत तथा रंगरोगनमा ६ लाख ८५ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ।