
सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन्। जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउद बेपत्ता भएका थिए।

बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34