टीकापुर घटनाको ६ वर्ष: सार्वजनिक भएन लाल आयोगको प्रतिवेदन
2021/08/23, 7:31
 
Daeth

कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा ८ जनाको मृत्यु भएको ६ बर्ष पूरा भएको छ । 

२०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी बरिष्ठ उपरिक्षक  (एसएसपी) लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। 

मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए ।

यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो । 

यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो ।  उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।

सीमांकनको विरोधमा आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम अन्तरगत उनीहरु टिकापुर तर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरी माथी आक्रमण भएको थियो ।  

आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई पकाउ गरिएको थियो । हाल उनी केन्द्रिय कारगरमा कारावस जीवन बिताइरहेका छन ।

घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिबेदन पेश नगरेको भन्दै थरहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउदै आएका छन ।