समाजवादीमा सुदूरपश्चिममा कम्तिमा १३ जना प्रदेश सभा सदस्य रहने दावी
2021/08/24, 11:02
 
bb

सुदूरपश्चिम प्रदेश सभाका बहुमत सदस्य प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पक्षमा रहेको दावी गरिएको छ । ५३ सदस्यीय प्रदेश सभामा नेकपा एमालको २५ जना सदस्य रहेका छन् । हालसम्म माधव नेपाल पक्षमा सभामुख सहित १८ जना सदस्य छन् । माधव नेपाल पक्षधर भीम रावल अहिलेसम्म कुनै पक्षमा नखुले पनि रावल नेकपा एमालेमा गईसकेको समाजवादी नेताहरुको दावी छ ।

सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरु बिगतमा रावलको पक्षमा एक ढिक्का थिए । रावल जता गए, त्यतै सबै सांसदहरु जाने दावी गरिएको थियो । तर रावल ओली पक्षतिर ढल्किदा उनका निकट सुदूर पश्चिममा अधिकांश नेताहरु समाजवादीका पक्षमा खुलेर उभिईसकेका छन् ।  समाजवादी पार्टीले भोलि निर्वाचन आयोगबाट दलको मान्यता पाउदैछ । त्यसपछि भने सुदूर पश्चिममा समाजवादीका पक्षमा रहेका संघीय र प्रदेश सांसदहरुसंग नेताहरुको संख्या पनि यकिन हुनेछ । यद्दपि समाजवादीका नेता प्रेम आलेले सुदूर पश्चिमबाट प्रतिनिधि सभा सदस्य रहेका १६ जनामध्ये ५० प्रतिशत आफ्नो पक्षमा आउने दावी गरे । 

पार्टी दर्ता भईसकेपछि हाम्रा पक्षमा रहेका प्रदेश सभा सदस्यहरुको संख्या यकिन हुनेछ । अहिलेसम्म बहुमत सदस्य हाम्रा पक्षमा छन्, तारा लामा तामाङले भने, कम्तिमा १३ जना सदस्य हाम्रो पक्षमा हुनेछन् । यो संख्या दल दर्ता भईसकेपछि बृद्धि हुने छ । प्रदेश सभा सदस्य तथा भौतिक पूर्बाधार मन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, पूर्व मन्त्री माया भट्ट, प्रदेश सभा सदस्य तारा लामा तामाङ, कुलवीर चौधरी समाजवादी पार्टीका पक्षमा खुलेर लागेका छन् ।