
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई साेमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । मेयर वडको स्वास्थ्य परीक्षण भइरहेको नेपाली कांग्रेस कैलालीका नेता अमृत बिसीले बताए । बिसी अहिले वड संगै काठमाडौमा छन् ।
नगर प्रमुख वड एक कार्यक्रमका लागि बर्दिया गएका थिए । त्यहा एक्कासि टाउकोमा समस्या देखिएपछी उनलाई काठमाडौँ लागिएको बताइएको छ ।

मेयर विगतदेखि नै प्रेसरको औषधि सेवन गर्दै आएका थिए। उनी युरिक एसिडका पनि बिरामी हुन्।
2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2022/11/21, 11:38
2024/04/19, 2:50