बैतडीमा आमाबाटै आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरिएको छ । डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिना साथ घाँटी निमोठेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
गाउँकै १७ वर्षीय किशोर सँग अबैध सम्बन्धबाट शिशु जन्माएको र जन्मना साथ बारीमा लगेर घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए । माधवीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक शाहीले बताए ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13