
कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार जिल्लाको गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गुर्धामीको ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरिक्षक गणेशराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जनाएको छ । अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक घटनाबारे अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2022/11/21, 11:38
2024/04/19, 2:50