
कैलालीको गौरीगंगा नगरपालिकामा एक जना मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका–२ धबैमा मंगलबार बिहान ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुले खत्री घर नजिकैको धानबारीमा मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली खटिएको छ ।
उनको मृत्युको कारण भने खुलेको छैन । अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34