सुदूरपश्चिममा ६१ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाले कोरोना जिते
2021/08/24, 6:09
 
dd

सुदूरपश्चिममा मंगलबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआर र एन्टिजेन बिधिबाट ८ सय १४ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा १ सय ५७ जनाको नमुना परीक्षण गर्दा ४४ जना, महाकाली अस्पतालमा ७६ जनाको नमुना परीक्षण गर्दा ८ जना, डडेल्धुरा अस्पतालमा २४  जनाको नमुना परीक्षण गर्दा १ जना र डोटी अस्पतालमा १० जनाको नमुना परीक्षण गर्दा २ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। 

यस्तै प्रदेशभर आज १३ जनाले कोरोना जितेर घर फर्किएका छन्।