
कञ्चनपुरमा अन्दाजी साढे ४ फिट लामो गोही फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित भुपी क्षेत्रीको घरमा गोही फेला परेको हो।

उनले पालेको कुखुराको खोरमा अड्किएको अवस्थामा गोही फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ। खोरमा गोही अड्किएको खबर पाउनासाथ गड्डाचौकी बोडर आउट पोष्टबाट खटिएको टोलीले गोहीको उद्धार गरेको थियो।
गोहीको उद्धार गरी डिभिजन वन कार्यालय महेन्द्रनगरमा बुझाइएको गणले जनाएको छ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/14, 6:37
2020/10/18, 1:54
2021/06/22, 10:21
2022/02/20, 10:10
2023/05/06, 1:39