अछाममा  घर पुर्‍याइदिन्छु भन्दै बालिका बलात्कार, २ जना पक्राउ
2021/08/25, 3:09
 
dd

अछाममा बालिकामाथि बलात्कार गरेको आरोपमा दई जना पक्राउ परेका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिकाका २ युवक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पन्चदेवल विनायक नगरपालिका ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो।

भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ। बालिकाको जाहेरीपछि दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।