बाजुरा जिल्लामा हालसम्म ३३ हजार मानिसले कोरोना बिरुद्ध खोप लगाएको तथ्याङ्कक सार्बजिक भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको कार्यालय प्रमुखकको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्न पन्तले उक्त तथ्याङ्कक सार्बजनिक गरेका हुन् ।
“बाजुरामा १८ वर्ष माथि झण्डै एक लाख जनसंख्या छ । उक्त जनसँख्या मध्ये हाल सम्म ३८ प्रतिसत जनताले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् । कक्षा ११ र १२ मा पढ्ने १८ वर्ष उमेर पुुगेका बिद्ययार्थलाई पहिलो डोज खोप लगाउन थालिएको छ ।” कार्यालय प्रमुख पन्तले भने, 'बाजुराको सबै जनसंख्यालाई यो वर्ष भित्र खोप लगाउन पाए अर्कोवर्ष देखि यो जिल्लामा कोरोना प्रकोप सून्य हुनेछ ।'
त्यसैेगरी बाजुराका इकडी , कोल्टी , जुड्डी र हिमाली गाउँपालिकाको धुलाचौरमा स्वास्थ्य हेल्प डेस्क राखेर स्वास्थ्य परिक्षण कार्य प्रभावकारी रुपमा सञ्चालन भएको छ । पछिल्लो समयमा बाजुरामा कोरो संक्रमितको सँख्या पनि न्युन रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
सरकारी तथा सार्वजनिक सँघ संस्थामा सेवा लिन आउने सेवाग्रहीलाई माक्स अनिवार्य प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कर्मचारीलाई निर्देशन दिएका छन् । माक्स नलगाउनेबाट बुधबार दिउसो मात्र प्रहरीले ३२ सय रुपैंया जरिवना उठाएको बताइएको छ । तपाइँको माक्स खै भन्ने नारा सहित स्थानीय प्रशासन तथा प्रहरीले केही दिन अगाडि जिल्लामा अभियान सञ्चालन गरेको थियो ।