कञ्चनपुरमा सीममा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उदेश्यले दुई देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती सुरु गरेको छ। नेपाल भारत सीमा क्षेत्र अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबीले संयुक्त टोलीले गस्ती सुरु गरेको हो।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ को सुन्दरनगर र वडा नम्बर १० स्थित १८ नम्बर पिल्लर नेपाल भारत सीमाा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सञ्चालन भईरहेको छ। सीमा स्तम्भ संख्या ७९३ /१ बिपी २१ देखि ७९६/२२१७ मुख्य जंगे पिल्लरसम्म नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सञ्चालन गरिएको बीओपी दोधारा चाँदनी (कुतियाकवर) ले जनाएको छ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवर) का इन्चार्ज दान बहादुर विष्टको नेतृत्वको टोली रहेको छ। यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तर्फबाट नौजलीया कम्पनी कमाण्डर शक्ति प्रसाद उन्याल नेतृत्वमा रहेको संयुक्त गस्ती टोलीले रहेको छ।
सीमा अतिक्रमण, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सीमा गस्तीले प्रभावकारी हुने दुबै देशका सुरक्षा अधिकारीहरुले बिश्वास लिईएका छन्।
सयुक्त नियमित संयुक्त गस्तीको कार्यले सीमावर्ती क्षेत्रमा हुने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करीका घटनामा कमी आउने दुबै सुरक्षा अधिकारीहरु बताउँछन्। नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा आपसमा सम्बन्ध सुमधुर हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने स्थानीय बताउँछन्।