सरकारले जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने 
2021/08/26, 9:52
 
bb

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका -२ मालका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले धामीका  परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काट्दा ३३ वर्षीय धामी वेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन्।