
धनगढीको दृष्टि फाउण्डेसनको भवन निर्माणमा स्थानीयले अवरोध गरेका छन् । उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरीमा निर्माण हुने भवनमा स्थानीयले अवरोध गरेका हुन ।

उप–महानगरपालिकाले नै चार किल्ला प्रमाणित गरेर जमिन दिएपछि भवन निर्माणको काम थाल्दा स्थानीयले अवरोध गरेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताईन् । आफुहरु यतै वस्ने र काम गर्ने गरी आएको भए पनि स्थानीयले भने निर्माण सामाग्री सहित त्रिपाल लगायतका सामान कब्जामा लिएको उनले बताईन् ।
तर सो टोलका स्थानीयहरुले अन्य स्थानमा भवन निर्माण गरे सहयोग गर्ने भएपनि शिवपुरी सामुदायिक वन र तारानागर सामुदायिक वनको विचमा उप–महानगरपालिकाले उपलब्ध गराएको जमिनमा बनाउन नदिने अडान लिएका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36