
कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कटान तीव्र पारेको छ। बिहिबार रातीदेखि परेको अविरल बर्षाले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ।

रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । कटान हुने क्रम जारी रहेकोले तटीय क्षेत्रका सबैलाई सजक रहन कैलाली प्रशासनले अनुरोध गरेको छ ।
यस्तै जानकी गाँउपालिका वडा नम्बर ४ का ८० र वडा नम्बर ७ का ५८ घरघुरीमा पनि बाढी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार अहिले बोट लिएर सशत्र प्रहरीको टोली उद्धारको लागि हिँडेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/17, 4:25
2021/12/20, 8:38
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/04/29, 6:40