
सेती प्रादेशिक अस्पतालले धनगढीमा रहेको प्रयोगशालमो कोरोना परीक्षण बढाउन थप उपकरण माग गरेको छ । पशुपक्षी तथा मत्स्य विकास केन्द्र डोटीलाई थप उपकरण पठाइदिन सेती अस्पतालले आग्रह गरेको हो ।

हाल धनगढी प्रयोगशालामा रहेको पीसीआर मेसिन मार्फत दैनिक दुई सयदेखि दुई सय २० जनाको परीक्षण भईरहेको छ । परीक्षणको दायरा बढाउनका लागि आवश्यक उपकरण प्राप्त भए दुईदेखि तीन गुणासम्म परीक्षण बढाउने योजनामा रहेको सेती अस्पतालले पशुपक्ष्ीा तथा मत्स्य विकास केन्द्र डोटीलाई लेखेको पत्रमा भनिएको छ ।
बायो सेफ्टी क्याविनेट, डिप फ्रिज लगायतका उपकरण माग गरिएको अस्पतालले जनाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट थप उपकरण ल्याउने तयारी भएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36